नियम ३६
प्रतिवेदन कार्यान्वयन
(१) नियम ३५ बमोजिम निरीक्षण अधिकृतबाट प्रतिवेदन प्राप्त भएपछि मन्त्रालयले त्यस्तो प्रतिवेदनका सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा थप विवरण वा जानकारी लिनु पर्ने देखिएमा मन्त्रालयले सम्बन्धित व्यक्तिसँग आवश्यक विवरण वा जानकारी लिई सो प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा उपयुक्त आदेश दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम मन्त्रालयबाट भएको आदेश बमोजिमको काम गर्नु पर्ने कर्तव्य सम्बन्धित व्यक्तिको हुनेछ ।